राप्रपाका नेताहरूको रिहाई

भक्तपुर न्यूज

८ वैशाख २०८२ ८:३९

राप्रपाका नेताहरूको रिहाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरुको रिहाई लगायतका माग गर्दै प्रदर्शन ग गर्दा पक्राउ परेका नेताहरूको हिजो आइतबार साँझ नै रिहा भएका छन् ।

सिंहदरबारको दक्षिणी प्रवेशद्वार नजिकबाट पक्राउ परे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई साँझ ६ बजेतिर रिहा भएका थिए ।

राप्रपा संसदीय दलको कार्यालयबाट बाहिरिने क्रममा सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेकाले अध्यक्ष लिङ्देनसहितका नेताहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । विभिन्न नारा अंकित पम्प्लेट सहित प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका नेताहरुलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको थियो । अध्यक्ष लिङ्देनसहितका नेताहरु पक्राउ परेपछि रिहाईको माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी विजुलीबजार क्षेत्रमा नाराबाजी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *