बिस्का जात्राको अन्तिम दिन : हात नभएको लिङ्गो ढालियो

भक्तपुर न्यूज

५ वैशाख २०८२ १४:१८

बिस्का जात्राको अन्तिम दिन : हात नभएको लिङ्गो ढालियो

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अन्तिम दिन शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढालिएको छ ।
पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो विधिपूर्वक पूजा गरी ढालिएको हो । ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोको टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ ।
लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ । लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहको छ ।

यो जात्रा सम्पन्न भइसकेपछि साँझ गःहिटिमा राखिएको भैरव र भद्रकालीको रथ स्थानीय बासिन्दाले तान्ने परम्परा रहेको स्थानीयहरूको भनाइ छ ।

रथ तानेर पुनः तौमढीस्थित भैरव मन्दिरअगाडि ल्याएर राखिएपछि रथको देवतालाई विधिपूर्वक मन्दिरमा लगी विराजमान गराएपछि जात्रा सम्पन्न हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *