मकवानपुरमा माइक्रो बस दुर्घटना हुँदा दुईजनाको मृत्यु
काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२, धरमपानीस्थित कान्ति लोकपथ सडक खण्डमा गएराति विद्युतीय माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको एक बा प्र ०१(००६ ख ७०७२ नम्बरको गाडी राति करिब १ बजे सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाडीमा चालकसहित १६ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएकी ५० वर्षकी निलमदेवी राउतको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
१३ वर्षीया मानुसी मगरको शव दुर्घटनास्थल नजिकैको खोल्सामा आज बिहान फेला परेको प्रहरीले जनाएको । दुर्घटनामा गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने घाइतेहरूको उपचार हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा भइरहेको छ ।