६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिश
काठमाडौं । सरकारले नेपाल प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जनालाई सिफारिश गरेको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले रिक्त ६ एआईजीमा नायब महानिरीक्षक (डीआईजी) हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा सिफारिश गरेको हो ।
बढुवा सिफारिश भएकाहरुमध्ये खापुङ, आचार्य र शर्मा २०५२ सालमा तथा कार्की, अधिकारी र केसी ०५४ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । सिफारिश भएका सबै डीआईजी ज्येष्ठता र वरीयताक्रममा अगाडि रहेका अधिकृत हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:१९