चैत्र १५ को घटनालाई लिएर भक्तपुरका पत्रकार संगठनहरु एक ठाउँमा

भक्तपुर न्यूज

१८ चैत २०८१ १६:०८

चैत्र १५ को घटनालाई लिएर भक्तपुरका पत्रकार संगठनहरु एक ठाउँमा

भक्तपुर । गत चैत्र १५ गते राजावादी समूहको आन्दोलनका कारण ज्यान गुमाएका पत्रकार सुरेश रजक र विभिन्न मिडिया क्षेत्रमा तोडफोड आगजनी गरेको घटनालाई लिएर भक्तपुरका सबै पत्रकार संगठनहरु एक ठाउँमा उभिएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुरले आज विभिन्न पत्रकार संघ संगठनसँग गरेको अन्तर्क्रिया कार्यक्रममा भक्तपुरका विभिन्न पत्रकार संघ संगठनका अध्यक्षहरूले महासंघले गरेको आन्दोलनलाई ऐक्यबढ्ढता जनाएका छन्।

चैत १५ गते आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको हत्या र कान्तिपुर टेलिभिजन अन्नपूर्ण पोस्ट लगायतका कार्यालयमा तोडफोट र आगगजनीको विरोध जनाएका छन्। उनीहरूले तोडफोड आगजनी र हत्यामा संलग्न जोसुकै भएपनि तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग समेत गरेका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले पत्रकारको हत्यामा संलग्न र मिडिया क्षेत्रमा आक्रमण गर्नेहरूलाई कारबाहीको दायरामा नल्याएसम्म आन्दोलनलाई निरन्तरता दिने बताए । उनले दोषीलाई तत्काल कारबाही गरी कानुनी कटकरामा उभ्याउनुपर्ने र सुरेश रजकको परिवारलाई उचित क्षतिपूर्ति तथा मृतक सुरेश रजकलाई सहित घोषणा गर्नुपर्ने माग समेत गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरका अध्यक्ष रोशन शिल्पकारले पत्रकार महासंघले गरेको आन्दोलनलाई अझ सशक्त बनाएर आन्दोलनलाई चर्काउनुपर्ने बताए । उनले बन्द कोठाभित्र नभई सडक तताउनुपर्ने समेत माग गर्दै नेपाल प्रेस युनियन पत्रकार महासंघले गरेका जुनसुकै विरोध कार्यक्रममा बलियो उपस्थिति जनाएर अघि बढ्ने बताए ।

कार्यक्रममा प्रेस चौतारीका सचिव नारायण थापाले पत्रकार सुरेश रजकको हत्यामा संलग्न अपराधीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे । सरकारले हत्यामा संलग्नलाई कारबाही नगरिए भविष्यमा पनि पत्रकारमाथि साङ्गतिक हमला र हत्या जस्ता कार्यलाई निरन्तरता पाउने बताए ।

यस्तै प्रेस सेन्टर नेपालका अध्यक्ष मदन ढुङ्गानाले प्रमाणसहित भिडियोहरू सामाजिक सञ्जालमा छत्ताछुल्ल भएपनि सरकारले दोषीलाई कारबाही गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरे । सरकारले घटना घटेको पाँच दिन बितिसक्दा समेत दोषीलाई कारबाही गर्न नसकेको भन्दै आपत्ति जनाए ।

कार्यक्रममा जनजाति पत्रकार महासङ्घ भक्तपुरका सचिव दीपक श्रेष्ठ नेवा पत्रकार राष्ट्रिय दबु रामगोपाल तमखुले महासंघले गरेका आन्दोलनका सबै गतिविधिमा सक्रिय सहभागिता जनाउने बताएका छन्। कार्यक्रममा क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले दिवंगत पत्रकार सुरेश रजकले चार महिनासम्म पनि तलब नपाएको कुरा बाहिरिएको भन्दै मिडिया मालिकहरूले सुरेश रजकलाई अत्याचार गरेको समेत बताए । संविधानले नै पत्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुरक्षित गरेको भन्दै संविधान विपरीत कार्य गर्ने जोसुकैलाई पनि कारबाही गर्नुपर्ने माग राखे ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेसल आचार्यले घटनालाई बङ्गाउन विभिन्न खालको भिडियोहरू सामाजिक सञ्जालमा आएको भन्दै पोस्टमार्टम नै नगरिएका सुरेश रजकको प्रहरीले नै हत्या गरेको भन्दै भिडियो आएकोप्रति आपत्ति जनाए । नेपाल पत्रकार महासङ्घले फिल्ममा खट्ने पत्रकारको सुरक्षाको निम्ति पनि चासो दिनुपर्ने उनको भनाइ थियो। उनले घटनाको सत्यतथ्य छानबिन गरी सरकारले दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत माग गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार पुष्करराज बुढाथोकीले पत्रकारको पेशागत हक अधिकार सुनिश्चितताको लागि पत्रकार महासङ्घ जुनसुकै हस्तमा लड्न तयार हुनुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति र अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी भएको थियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *