आज इदउलफित्रको अवसरमा सार्वजनिक बिदा
काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको इदउलफित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले आइतबार साँझको चन्द्रमा देखिएपछि भोलि (सोमबार) सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ । एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् ।
रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२९ जेठ २०८२ ७:५६
कोशी प्रदेशबाट मनसुन पश्चिमतर्फ सर्न नसकेको मौसमविदहरूको भनाइ
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६