पाथीभरा केबलकार निर्माण यथास्थितिमा राख्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको मुक्कुमलुङ अर्थात् पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्य यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अन्तरिम आदेश दिने वा नदिने भन्ने तय गर्न दुवै पक्षलाई छलफलका लागि चैत २६ गते बोलाएको छ । यससँगै सर्वोच्चले पाथीभरा केबलकार निर्माणका विषयमा कारण देखाऊ आदेश पनि दिएको छ । विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।
स्थानीयवासी यामबहादुर लिम्बूसहित आठ जनाले पाथीभरा क्षेत्रमा केबलकार बनाउने, बनाउन दिनेलगायत सम्पर्ण कार्य तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । यसबाहेक पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर सर्वोच्चमा अन्य दुई वटा मुद्दा विचाराधीन छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२९ जेठ २०८२ ७:५६
कोशी प्रदेशबाट मनसुन पश्चिमतर्फ सर्न नसकेको मौसमविदहरूको भनाइ
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६