राणा पक्राउ परेको सूचना संसद् सचिवालय पुग्याे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद धवलशमशेर राणा पक्राउ परेको सूचना संसद् सचिवालय पुगेको छ। प्रहरीले राणालाई पक्राउ गरेको सूचना शनिबार संसद् सचिवालयमा पठाएको हो।
राप्रपाका महामन्त्रीसमेत रहेका उनी नवराज सुवेदी नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका आन्दोलन परिचालन समितिका प्रमुख हुन्।
शुक्रबार तीनकुनेमा उनले परिचालन गरेको आन्दोलनकारीले प्रहरीसँग झडपपछि घर, गाडी, पसलमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो।
आन्दोलन अराजक बनेपछि प्रहरीले शुक्रबार साझ नै राणालाई पक्राउ गरेको थियो। प्रतिनिधिसभा नियमावली अनुसार सांसद पक्राउ परेको सूचना आएपछि सभामुखले आइतबार बस्ने प्रतिनिधि सभाको बैठकलाई जानकारी गराउनेछन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२९ जेठ २०८२ ७:५६
कोशी प्रदेशबाट मनसुन पश्चिमतर्फ सर्न नसकेको मौसमविदहरूको भनाइ
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६