सुन तोलामा दुई सय रुपैयाँ घट्यो, चाँदीको भाउ स्थिर
काठमाडौं । पछिल्ला चार कारोबार दिनदेखि सुनको भाउ लगातार घटेको छ। नेपाली बजारमा शुक्रबारदेखि सुनको मूल्य घटेको हो। बिहीबार छापावाल सुन प्रति तोला १ लाख ७६ हजारमा कारोबार भएकोमा शुक्रबार १ हजार घटेको थियो।
यसैगरी, आइतबार ९ सय र सोमबार ६ सय घटेको थियो। आज मंगलबार २ सय घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ तोकेको छ। यस्तै, आज चाँदी प्रति तोलाको १९ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यो भाउ सोमबारकै अनुसार कायम भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०