थिमिमा सिद्धि गणेश मन्दिरका गुठियारहरुलाई पोशाक वितरण

भक्तपुर न्यूज

९ चैत २०८१ १२:११

थिमिमा सिद्धि गणेश मन्दिरका गुठियारहरुलाई पोशाक वितरण

भक्तपुर । मध्यपुर थिमि नगदेशस्थित सिद्धि गणेश मन्दिरका गुठियारहरुलाई पोशाक वितरण गरिएको छ ।

सिद्धि गणेश द्योछें विकास समितिले एक दर्जन वढी गुठियारहरुलाई पोशाक वितरण गरेको हो ।

विस्का जात्राको क्रममा द्योपालाहरु सवै एउटै पोशाकमा होस् भन्ने मनसायले पोशाक वितरण गरिएको समितिका सचिव विजयशंकर प्रधानांगले जनाए । उनका अनुसार विस्का जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन ९यो वर्ष चैत्र ३१ गते, वैशाख १ गते र वैशाख २ गते यहाँं जात्रा हुन्छ । वैशाख १ गते सथासिया जात्रा (विहानको जात्रा ) र २ गते बहिनीसिया जात्रा (साँंझ) को जात्रा हुने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *