राजसंस्था पुनःस्थापना गर्न राजावादी शक्ति एक छन् : महामन्त्री डा. राणा
काठमाडौं । राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले राजावादी शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् । राजा फर्काउनका लागि दबाब दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले तीन नेताहरू मिलेर देश लुटिरहेको आरोप लगाए ।
उनले भने, ‘अब राजावादी, राष्ट्रवादी, संघीयता विरोधी, भ्रष्टाचार विरोधी, जनता सबै एक ठाउँमा उभिएर असफल गणतन्त्र र संघीयतालाई पाखा लगाउने काममा उत्रिएका छौँ । नवराज सुवेदीजीको नेतृत्वमा एउटा छाता बनेको छ । त्यही छाता अन्तर्गत अहिले काम भइरहेको छ । दुर्गा प्रसाईँजी अरू पार्टीहरू, शाही शक्ति मिलेर अगाडि बढ्नुपर्छ । कसैले आफ्नो गर्छ भनेर गर्न दिने त्यसैले यो फुटेको होइन । तमाम अभियान चलिरहेको थियो । राप्रपाले पनि गरिरहेको थियो मेरै नेतृत्वमा ।’
वरिष्ठ राजनीतिज्ञ नवराज सुवेदीको नेतृत्वमा बृहत् आन्दोलन परिचालन समिति बनिसकेपछि त्यसमा आफू पनि रहेको बताए । उनले भने, ‘म राप्रपामा पनि छु। यसले राप्रपालाई राप्रपाले यसलाई चाहे कमल थापासहित सबै राजावादीहरू मिलेर अघि बढ्ने सहमति छ ।’
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८