पाल्पामा डढेलोबाट चार सामुदायिक वनमा क्षति
काठमाडौं । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२६ वैशाख २०८२ १७:०७