६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन
काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृह मन्त्रालयले गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट ६ प्रमुख जिल्ला अधिकारीहरूको परिवर्तन गरेको हो ।
आजको मन्त्री स्तरीय निर्णयबाट बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो । बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा तानिएको सूचीमा उल्लेख छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२६ वैशाख २०८२ १७:०७