सेयर बजार नेप्से परिसूचक झण्डै ३० अंकले घट्यो
काठमाडौं । सेयर बजार नेप्से परिसूचक झण्डै ३० अंकले घटेको छ । साताको तेस्रो दिन परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० अंकमा झरेको हो । बजारमा आज १२ अर्ब ९४ करोड बराबरको कारोबार भयो । घट्दो बजारमा आज १९८ कम्पनीको मूल्य घटेको छ । ४१ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज सबै उपसमूहका सूचक घट्दा सबैभन्दा धेरै गिरावट फाइनान्स र उत्पादनमूलक समूहमा रहेको छ । ती समूहको सूचक २ प्रतिशत बढीले घटेका छन् । बजारमा आज पनि गार्डियन माइक्रो लाइफको सेयर १० प्रतिशतले बढ्यो । सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । कारोबारका आधारमा आज पनि हिमालयन रिइन्योरेन्स अगाडि रह्यो । उक्त कम्पनी एक्लैको अर्ब बढीको कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८