आज सुन तोलामा १४ सय र चाँदी तोलामा २५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सोमबारको तुलनामा सुनको भाउमा १४ सय रुपैयाँँ वृद्धि भएको छ। नेपाली सुनचाँदी व्यवसायीका अुनसार आज छापावाल सुन प्रति तोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार सुन प्रति तोला १ लाख ६८ हजार १ सय थियो ।
त्यस्तै, आज मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अज चाँदी प्रति तोला १ हजार ९ सय ४० रुपैयाँमा किबेच भइरहेको छ । हिजो सोमबारको तुलनामा चाँदी प्रति तोला २५ रुपैयाँ वृद्धि भएको छ । हिजो सोमबार चाँदी प्रति तोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८