यस्ता छन् एकीकृत समाजवादीको १३ बुँदे आचारसंहिता

भक्तपुर न्यूज

९ फागुन २०८१ १४:३३

यस्ता छन् एकीकृत समाजवादीको १३ बुँदे आचारसंहिता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीभित्रका नेता कार्यकर्ताका लागि आचारसंहिता जारी गरेको छ ।

ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरू भएको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्ताहरूका लागि १३ बुँदे आचारसंहिता प्रस्तुत गरेका हुन् ।

आचारसंहितामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनु हुनुपर्ने र उनीहरूको जीवनशैली सादा हुनुपर्ने उल्लेख छ ।

महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने उल्लेखसहित आचारसंहितामा भनिएको छ, ‘हामीले व्यवहारमा कम्युनिस्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ । परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन ।’

यस्तो छ आचारसंहिताः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *