दिल्ली रेलवे स्टेशनमा भागदौडमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भएको भागदौडमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । घटनामा २५ भन्दा बढी घाइते भएका छन् । मृतक मध्य अधिकांश महिला र बालबालिका छन् ।
महाकुम्भ मेला, गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौं भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो । मृतकको शव निकालिएको छ भने घाइतेहरुलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५