अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते
पोखरा। पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन्। अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएको हो। ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो। सोही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो।
मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन्। दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरुको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ। अर्थमन्त्री पौडेल आजै काठमाडौं आउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२३ वैशाख २०८२ ११:४५