चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
भक्तपुर । चाँगुनारायण नगरपालिका–३ कल्पकोटमा आज दिउँसो मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु भएृको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगर रहेको भक्तपुर प्रहरीले जनाएको छ ।
कल्पकोट ओरालो स्थितमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको मिनी ट्रकले पैदलयात्री केकईलाई ठक्कर दिँदा गम्भिर घाइते भई उपचारको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।
ठक्कर दिने ट्रकका चालक भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२१ वैशाख २०८२ १२:५९