जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ३४ जना पक्राउ

भक्तपुर न्यूज

३० माघ २०८१ १४:२९

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ३४ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न स्थानबाट ३४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंबाट ११ जना, कैलालीबाट ९ जना र बर्दियाबाट १४ जना गरी जम्मा ३४ जनालाई पक्राउ गरेको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० बोशीगाउँ बस्ने विरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले विरेन्द्र समेत ११ जनालाई हिजो साँझ पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नगद ८ लाख ५० हजार १ सय १ रूपैयाँ, कौडा १८ थान र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने अनिल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले धनगढी उपमहानगरपालिका–३ बस्ने ५७ वर्षीय गोपाल घिमिरे समेत ९ जनालाई हिजो दिउँसो पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी, बर्दियाको बारबर्दिया नगरपालिका–९ बस्ने ३२ वर्षीय निराजन राजबंशीको होमस्टेमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले राजापुर नगरपालिका–८ बस्ने ५४ वर्षीय बसन्त कुमार शर्मा समेत १४ जनालाई गए राति पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ५ सय २६ रूपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *