सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

भक्तपुर न्यूज

३० माघ २०८१ १४:२१

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

धनुषा । धनुषामा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ ।

जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई पक्राउ गरेको हो ।

घरायसी वादविवादको क्रममा उनीहरूबीच झै–झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको थियो । उक्त खबर पाएपछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई गए राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *