क्षयरोग निवारण संस्था भक्तपुरमा नयाँ नेतृत्व
भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको नयाँ नेतृत्वमा हिरण्यप्रताप साङ्गामी सर्वसम्मत चयन भएका छन् ।
हिजो सम्पन्न शाखाको १२ औं अधिवेशन तथा ४५ औं जिल्ला सभाले साङ्गामीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपसभापतिमा राजेश्वरी शिल्पकार, सचिवमा विजय कर्माचार्य, सह–सचिवमा रत्नालक्ष्मी भैल र कोषाध्यक्षमा कृष्णदास कायस्थलाई सर्वसम्मत चयन गरेको छ । यस्तै, सदस्यमा क्रमशः सुमन श्रेष्ठ, सानुकाजी त्वायना, मनोहरदास कारञ्जित, दिनेश चरण श्रेष्ठ, मेनुका भाषिमा, बाबुकृष्ण रञ्जित रहेका छन् ।
जिल्लाका सभापति पुष्पलाल तिमिलाको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज महेन्द्रगोपाल कर्माचार्य, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका प्रशासकीय उपसचिव पुस्कर थापा, प्याब्सन भक्तपुरका निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठ, संस्थाका प्रशासकीय अधिकृत रामकाजी कार्की, निर्वाचन अधिकृत गजेन्द्र तिमिलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव सुमन श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य उपसभापति सुरेश प्रधानले राखेका थिए ।