बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
काठमाडौं । गत असोज दोस्रो साता आएको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य कार्य सुरु भएको छ ।
बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको भकुण्डेबेंसीदेखि नेपालथोकसम्मका विभिन्न ठाउँमा सडक विभागले सडक मर्मतको काम अघि बढाएको हो ।
बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेंसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ ।
विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढी क्षति पुर्याएको छ । त्यस मध्ये ८.५ किलोमिटर सडक पुनःनिर्माण सुरु भएको हो ।
हाल विभागका अनुसार उपकरण तथा जनशक्ति परिचालन गरी विभिन्न खण्डको मर्मत भई रहेको छ ।
गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त राजमार्गको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले बाटो पुनर्निर्माण गर्न स्रोत अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।