पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने ३७ वर्षीय राज कुमार लामा रहेका छन् ।
पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रूपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए । प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका–१४ बाट र राजकुमारलाई काठमाडौंको नागार्जुन नगरपालिका–२ बाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।