नेसनल प्याव्सन भक्तपुरको एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर न्यूज

२९ माघ २०८१ १२:१६

नेसनल प्याव्सन भक्तपुरको एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत संस्कार गुरूकूलको आयोजनामा सम्पन्न एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरु बीचमा प्रतिस्पर्धा भएको उक्त एकल गायन प्रतियोगिताको आधारभूत तहमा ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम र माध्यमिक तहमा पनि ईडेन गार्डेनकी सुप्रिया प्रधान प्रथम भएका छन् ।

यसैगरी, आधारभूत तहमा मदरल्याण्ड स्कुलको सविन गुइदे द्वितीय, ऋतम्भरा स्कुलकी साकिरा लामा तृतीय र रुबी भ्यालीकी एन्जल मोक्तान सान्त्वना भएका छन् । त्यसैगरी माध्यमिक तहमा विमल मेमोरियल विद्यापीठकी अनु वाडे द्वितीय, रूबी भ्यालीको यूजेन लामा तृतीय र पारीजात विद्याकुन्जको असिम थापा सान्त्वना भएका छन् । एकल गायन प्रतियोगिताको निर्णायक मण्डलमा मित्र केसी, कृष्णराम खत्री र गोपाल पहाडी रहेका थिए ।

विजयी विद्यार्थीहरुलाई नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *