वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ

भक्तपुर न्यूज

२८ माघ २०८१ १४:४७

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ घर भई ललितपुरको ललितपुर महानगरपालिका–१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दियाको राजापुर नगरपालिका–७ घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका–४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन् ।

पक्राउ परेका मध्ये प्रभाले सिंगापुर पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, सिर्जनाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र राकेशनले युके पठाइदिन्छु ‍भन्दै ५ जना पीडितहरूबाट १९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन बनेका थिए ।

प्रहरीले प्रभालाई ललितपुर महानगरपालिका–१ बाट र सिर्जनालाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० बाट हिजो तथा राकेशनलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बाट शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *