तनहुँमा प्रहरी कुट्ने चार जना पक्राउ

भक्तपुर न्यूज

२८ माघ २०८१ १४:२६

तनहुँमा प्रहरी कुट्ने चार जना पक्राउ

काठमाडौं । तनहुँ प्रहरीले प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा शनिबार राति अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट गरेको आरोप उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि हिजो अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *