राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक पेस

भक्तपुर न्यूज

२७ माघ २०८१ १५:४८

राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक पेस

काठमाडौं । राष्ट्रिय सभामा ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ पेस भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले उक्त विधेयक पेस गरेका हुन् ।

त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराए ।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस गरी यही माघ १५ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *