विवाहमा भएको वादविवादपछि कुटपिट, उपचारका क्रममा युवकको मृत्यु

भक्तपुर न्यूज

२७ माघ २०८१ १५:३२

विवाहमा भएको वादविवादपछि कुटपिट, उपचारका क्रममा युवकको मृत्यु

बाँके । विवाह कार्यक्रममा भएको विवादपछि कुटपिटले गम्भीर घाइते भएका बाँकेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ बस्ने २५ वर्षीय दिनेश रोकायाको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

शुकबार राति सोही गाउँपालिका–८ बिचलाईनस्थित विवाह कार्यक्रममा भएको वादविवादको क्रममा दिनेश समेत ६ जनामाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका दिनेशको मेडिकल कलेज कोहलपुर हुँदै थप उपचारको लागि भारतको लखनउ पठाइएकोमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । साथै कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ बस्ने ३५ वर्षीय राम बहादुर राना र सोही गाउँपालिका–६ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *