डोटीमा खाना पकाउने क्रममा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

भक्तपुर न्यूज

२७ माघ २०८१ १४:३४

डोटीमा खाना पकाउने क्रममा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

काठमाडौं । डोटीको केआइसिंह गाउँपालिकामा आज बिहान खाना पकाउने क्रममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागीले केआइसिंह–३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुुङ्गामाटोले बनेको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट १० बोरा अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत अन्दाजी रु. दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको छ ।

भुलको आठ जनाको परिवारलाई अहिले आफन्तको घरमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *