रारामा आउने पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी परिचालित हुने

भक्तपुर न्यूज

२७ माघ २०८१ १२:३७

रारामा आउने पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी परिचालित हुने

काठमाडौं । नेपाल सरकारले नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी राख्ने भएको छ । रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न पर्यटन विभाग र छायानाथ रारा नगरपालिकाबीच सम्झौता भएको हो ।

पर्यटन विभागका निर्देशक लीलाधर अवस्थी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीबीच सम्झौतामा हस्ताक्षर भएसँगै रारामा पर्यटक प्रहरी रहने निश्चित भएको छ । सम्झौतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोष्टको व्यवस्थापन गर्ने तथा नगरपालिकासँग सहकार्य र समन्वय गरी पर्यटकलाई कामकाजमा खटाउने उल्लेख गरेको छ ।

छायानाथ राराले रारामा पर्यटक प्रहरीलाई बस्नका लागि घर, खानेपानी, बिजुलीलगायत आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित वातावरण निर्माण गर्नुपर्ने जनाइएको छ । मुगुमा रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थल, हिमाल, गुफा रहेका छन् । जंगलका बीचमा रहेका यी स्थानमा यहाँ आएका पर्यटक एग्लै घुम्न डराउने गर्छन् ।

अब पर्यटक प्रहरी राखिए सुरक्षित महसुस गरी पर्यटक स्वतन्त्र रूपमा यी पर्यटकीय स्थलको पनि भ्रमण गर्नेछन् भने पर्यटकको रारा बसाइ पनि लम्बिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *