मेक्सिकोमा बस र ट्रक ठोक्किँदा ४१ जनाको मृत्यु
काठमाडौं । दक्षिण मेक्सिकोमा बस एक ट्रेलर ट्रकसँग ठोक्किँदा ४१ जनाको मृत्यु भएको छ । शनिबार बिहान ४८ जना चढेको बस एक ट्रेलर ट्रकसँग ठोक्किएको टाबास्को राज्यको सरकारले जानकारी दिएको थियो ।
स्थानीय अधिकारीका अनुसार दुर्घटनामा बसमा चढेका ३८ जना यात्रु, बसका दुई चालक तथा ट्रक चालकको मृत्यु भएको हो ।
ठक्करपछि बसमा आगलागी भएको र बस पूर्णरुपमा जलेको छ । मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको स्थानीय अधिकारीहरूको भनाई छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४