प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भर्चुअल संवाद गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे संवाद गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२६ जेठ २०८२ ७:४१
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३