प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज शुक्रबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक सुरू हुनेछ ।
बिहीबार दैनिक कार्यसूचीमा परेर पनि अगाडि बढ्न नसकेको अध्यादेश सम्बन्धी कार्य शुक्रबारको सम्भावित कार्यसूचीमा छैन । आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ ।
त्यस्तै कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू ९महासन्धी, प्रोटोकल र सिफारिस०सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची छ।