भौतिकमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आज दिउँसो सिंहदरबार स्थित मन्त्रालय पुगेका राजदूत श्रीवास्तव र मन्त्री दाहालबीच द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो ।
भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मागबारे कुरा गरेको मन्त्रालयले जनाएको छ । रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलब्ध गराउन भारत तयार रहेको उनले बताए ।
त्यस क्रममा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पुर्याएको योगदानको प्रशंसा गरेको मन्त्रालयले जनाएको छ । उनले आगामी दिनमा दुई देशबीच सम्बन्ध थप प्रगाढ बन्ने समेत बताए ।
भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीबीच छिट्टै बैठक बस्ने विश्वास व्यक्त गरे ।