अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

भक्तपुर न्यूज

२४ माघ २०८१ १३:०९

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर १ सय १० मिलिग्राम सहित बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ बस्ने २३ वर्षीय भरत सन्ज्याल रहेका छन् । प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिका–२ पहाड रोडबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन २ सय मिलिग्राम सहित एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–२ तेघरी बस्ने २२ वर्षीय धिरज बलायर रहेका छन् । प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीकै धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन १ सय ३० मिलिग्राम सहित एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ डेरा गरी बस्ने गोदावरी नगरपालिका–२ घर भएकी २२ वर्षीय रिया भन्ने बिष्ना पाली रहेकी छन् । प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ मडाहाबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर ९ सय ९० मिलिग्राम सहित एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ चन्द्रौटा बस्ने ४४ वर्षीय बसन्त कुमार न्यौपाने रहेका छन् । प्रहरीले लु.३७ प ५१०९ नम्बरको मोटरसाइकलमा आएका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै, डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका–२ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाललाई बुधबार साँझ पक्राउ गरेको छ । प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध आदर्श गाउँपालिका–५ बस्ने २२ वर्षीय दिनेश रोकायासँग खरिद गरेको भन्ने खुल्न आएपश्चात उनको खोजी गर्ने क्रममा दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला डेरा गरी बस्ने १९ वर्षीय अर्जुन बोहराको कोठामा फेला पारी दिनेश र अर्जुनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम सहित २ जनालाई बुधबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका(६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ती आङ्देम्बे (भुजेल) रहेका छन् । प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम २ सय मिलिग्राम सहित सुनसरीको इटहरी उपमहानगरपालिका–९ बस्ने २५ वर्षीय निशान चौधरीलाई बुधबार दिउँसो पक्राउ गरेको छ । प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०५४ प ९८८९ नम्बरको स्कुटरमा आएका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–४ आँपगाछीस्थित कोशोलोक मार्गबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर १६ ग्राम ५ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटाको धनकुटा नगरपालिका–४ देब्रे बस्ने २३ वर्षीय रोशन श्रेष्ठ र २४ वर्षीय निरज घिमिरे रहेका छन् । प्रहरीले बागमती प्रदेश–०२–०३५ प १५३४ नम्बरको स्कुटरमा आएका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *