युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

भक्तपुर न्यूज

२१ माघ २०८१ १३:१९

युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले हिजो एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरी रहेका छन् ।

मदनले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन बनेका थिए ।

प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *