लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

भक्तपुर न्यूज

२० माघ २०८१ १४:५८

लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेशमा भोलि सोमबार सार्वजनिक बिदा दिइएको छ । लुम्बिनी प्रदेश सरकारले भोलि आठौं प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुखको विशेष उपस्थितीमा प्रदेशसभा सचिवालय परिसरमा प्रदेश स्थापना दिवस समारोह आयोजना गरिएको छ । स्थापना दिवसको मुल समारोहमा बाजागाजा सहितको झाँकी प्रदर्शन गर्नुका साथै विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन् ।

यसैगरी, स्थापना दिवसलाई भव्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दीपावली गरी मनाउने कार्यक्रम रहेको छ ।

यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा स्थापना दिवस र सरकार गठन भएको फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो ।

गतवर्षदेखि दुईवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *