तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटनाः चालकको मृत्यु
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलवारीमा शनिबार साँझ भएको ग्यास बुलेट दुर्घटनामा चालकको मृत्यु भएको छ । मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको भारतीय एचआर ५५ क्यु ४७११ नम्बरको ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत विहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारण बस्ने ३६ वर्षीय भारतीय नागरिक श्रीकान्त कुमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । ग्यास बुलेटले च्यापिएर गम्भीर घाइते उनलाई उद्धार गरी दमौली अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१८ जेठ २०८२ ८:५७
आजको सागसब्जी र फलफूलको मूल्य
१८ जेठ २०८२ ८:५०
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँमाथि गम्भीर आरोप
१८ जेठ २०८२ ८:५६