प्रतिनिधि सभा बैठकमा फर्किए रास्वपा सांसदहरू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधि सभा बैठकमा प्रवेश गरेका छन् । केहीबेरअघि बैठक बहिष्कार गरेका सांसदहरू १५ मिनेटपछि प्रतिनिधि सभा बैठकमा सहभागी भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समय लिएर बैठकलाई सम्बोधन गरिरहेको समयमा रास्वपाका सांसद बैठक कक्षमा प्रवेश गरेका हुन् ।
रास्वपाका सांसदहरूले बोल्न समय माग गर्दै विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो ।
उनीहरूले बैठकको सुरुमै आफूहरूलाई आकस्मिक समय छुट्याउनुपर्ने माग राखेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२६ जेठ २०८२ ७:४१
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३