कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

भक्तपुर न्यूज

१८ माघ २०८१ १४:१५

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । कञ्चनपुरकोे बेदकोट नगरपालिका–७ सुडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने ३० वर्षीय हरिस खुना रहेका छन् ।

हिजो साँझ म ३ प १४७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडी बसेका खुनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा गए राति नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै, दुर्घटनामा मोटरसाइकल चालक बेलौरी नगरपालिका–८ का २१ वर्षीय अमृत चौधरी घाइेत भएका छन् । चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *