आवासीय चिकित्सकहरु आन्दोलित, आज ‘पेन डाउन’

भक्तपुर न्यूज

१८ माघ २०८१ ११:०६

आवासीय चिकित्सकहरु आन्दोलित, आज ‘पेन डाउन’

काठमाडौं । आवासीय चिकित्सकहरुले आजदेखि आन्दोलन थालेका छन् । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत उनीहरुले शुक्रबार पेन डाउन सहित विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १० बजेसम्म पेन डाउन र एप्रोनसहित प्रदर्शन गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र भने दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने बताइएको छ ।

संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।

आफ्ना माग बेवास्ता गरिरहे अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनीसमेत उनीहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *