अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय
काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ ।
आज बिहान प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संसद छलेर अध्यादेशको विरोध गर्ने निर्णय गरेको हो ।
विपक्षी ७ राजनीतिक दलको बैठकले शुक्रबारबाट सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘, राष्ट्रिय स्वत्नत्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राप्नपा नेता ध्रुवबहादुर प्रधान, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेताहरू सहभागी थिए ।