घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

१७ माघ २०८१ १०:५४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन एक सय रुपैयाँले घटेको हो भने चाँदी ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रहेकोमा आज एक सय रुपैयाँले घटेर एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, हिजो तोलाको एक हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर तोलाको एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *