मन्त्री पौडेलले बुझाए प्रधानमन्त्रीलाई स्वास्थ्य बीमा सुधार कार्ययोजना

भक्तपुर न्यूज

१६ माघ २०८१ १५:५२

मन्त्री पौडेलले बुझाए प्रधानमन्त्रीलाई स्वास्थ्य बीमा सुधार कार्ययोजना

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन् ।

मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्य मन्त्री पौडेलले आज प्रधानमन्त्री ओलीसमक्ष बुझाएका हुन् ।

कार्ययोजनाका आधारमा मन्त्रीपरिषद बैठकमार्फत स्वास्थ्य बीमामा सुधारसम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै रु. पाँच लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताएका थिए ।

मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संसोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलले तयारी गरेका छन्।

कार्ययोजना समितिमा डा सिंहसहित गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा, डा अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य छन् भने उपसचिव शालिकराम दाहाल सदस्य सचिव छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *