जुवातास खेलिरहेको अवस्थामा दाङ र झापाबाट १३ जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा दाङ र झापाबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दाङको तुल्सीपुर उपमहानगरपालिका–८ नयाँबस्ती बस्ने झुपराज घर्तीमगरको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले झुपराज समेत ६ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद ५३ हजार ९ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै, झापाको दमक नगरपालिका–१० सेतुमारीस्थित खेतमा रहेको गोठमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सोही नगरपालिका–१० बस्ने ३८ वर्षीय विकाश राई समेत ७ जनालाई गए राति पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद १ लाख ७६ हजार ४ सय ९० रूपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
२० जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
२० जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
२० जेठ २०८२ १४:२७