रवि छामिछानेको थुनछेक बहस सुरु
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि तेस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।
गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा जारी बहस शुक्रबार नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
शुक्रबारबाट लामिछाने पक्षका तीन वकिलले बहस गरेका थिए । आज बाँकी रहेका वकिलले बहस गर्नेछन् । रविको पक्षमा आज अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायणदत्त कँडेल, सुरज बस्नेत, सुनीता राउत, राजेन्द्र सेढाई सहितका कानुन व्यवसायीले बहस गर्ने छन् । त्यसपछि सरकारी र जाहेरवाला तर्फका वकिलले जबाफी बहस गर्नेछन् ।
आज नै न्यायाधीशले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश सुनाउने सम्भावना छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
२० जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
२० जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
२० जेठ २०८२ १४:२७