कांग्रेस संसदीय दलको बैठक बस्दै

भक्तपुर न्यूज

१३ माघ २०८१ ११:१७

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने साथै हालै जारी भएका अध्यादेशको एकजुट भएर प्रतिरक्षा गर्ने, संसदमा पेस भएका विधेयक तीव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि हिजो पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद तथा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफलमा संसदमा दर्ता भएका विधेयक र अध्यादेशको पक्षमा एकढिक्का हुन निर्देशन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *