कैँची प्रहार गरी भाइले गरे दाइको हत्या

भक्तपुर न्यूज

१३ माघ २०८१ ११:११

कैँची प्रहार गरी भाइले गरे दाइको हत्या

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१७ मा कैँची प्रहार गरी भाइले दाइको हत्या गरेका छन् ।

शनिबार राति साढे १२ बजेतिर ३० वर्षीय प्रकाश बोहराले आफ्नै दाइ ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई कैँची प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार घाँटीमा कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा उनको राति २ः५० बजे मृत्यु भएको हो ।

घरायसी विवादमा सामान्य भनाभन हुँदा भाइले दाइमाथि कैँची प्रहार गरेको प्रहरीको भनाइ छ । प्रहरीले कैँची प्रहार गर्ने भाइ प्रकाशलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *