वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ

भक्तपुर न्यूज

९ माघ २०८१ १२:२७

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा रौतहटको बृन्दावन नगरपालिका–६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने ३६ वर्षीय विजय साह, धनुषाको धनुषाधाम नगरपालिका–४ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई ललितपुरको ललितपुर महानगरपालिका–२ बस्ने ४७ वर्षीया विवाह घले रहेका छन् ।

पक्राउ मध्ये विजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, नेहाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख ५० हजार रूपैयाँ र विवाहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन बनेका थिए ।

प्रहरीले सोमबार विजयलाई काठमाडौं महानगरपालिका–२६ र नेहालाई ललितपुर महानगरपालिका–१७ बाट तथा विवाहलाई मंगलबार ललितपुर महानगरपालिका–१ बाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *